एमाले धादिङले सबै क्षेत्रमा उम्मेदवारी दर्ता गर्यो

339 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले धादिङको संघ र प्रदेश तर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।

धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर का भुमी प्रसाद त्रिपाठी र क्षेत्र नम्बर २ मा खेम लोहनीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरु दुवै जना २०७४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको थियो ।

यस्तै प्रतिनीधि सभा क्षेत्र नं १ क बाट रमेश आचार्य ख बाट गजेन्द्र थपलियाले उम्मेदवारी दर्ता गराउनु भएको छ । आचार्य युवा संघका पूर्व महासचिव र थपलिया पूर्व प्रधानमन्त्री केपी ओलीका बिकास बिज्ञ सल्लाहकार हुन ।
प्रतिनीधि सभा क्षेत्र नंम्बर २ क मा निवर्तमान सांसद एवम पूर्व मन्त्री डाक्टर रामकुमार अधिकारी र ख मा संबिधानसभा सदस्य धनबहादुर घलेको उम्मेदवारी दर्ता भएको छ ।

भूमी त्रिपाठी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे संग र खेम लोहनी नेपाली काँग्रेसका सभापति रामनाथ अधिकारी संग चुनावी प्रतिस्पर्धा हुनेछ ।