नेत्र पौडेललाई बिजुलीको चिम चिह्न

440 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेत्रराज पौडेलले ‘विजुलीको चिम’ चुनाव चिह्न पाएका छन्।

 

नेकपा एमालेबाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि टिकट पाउने सूचीमा रहेर पनि अन्तिममा पार्टीले पौडेललाई हटाएर रमेश आचार्यलाई टिकट दिएपछि पार्टीको निर्णय प्रति असहमती राख्दै पौडेलले स्वतन्त्र बाट मनोनयन दर्ता गरेका थिए । निर्वाचन आयोगले विहीवार उम्मेदवारहरुलाई चुनाव चिन्ह वितरण गर्दा पौडेलले विजुलीको चिम चिन्ह पाएका हुन ।

पौडलले पार्टी निर्णयमा असहमति जनाउँदै प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गरेपछि वागमती प्रदेश कमिटी सदस्य रहेका पौडेल स्वत पदमुक्त भएका छन्।

पौडेल तत्कालिन नेकपाका जिल्ला अध्यक्ष समेत हुन् । पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि यस क्षेत्रमा एमाले भित्र समस्या उत्पन्न भएको छ । २०७४ को निर्वाचनमा पनि अन्तिम समयमा आएर पौडेलको प्रदेश सभा सदस्य टिकट राजेन्द्र पाण्डेले खोसेका थिए । एमालेबाट निर्वाचित पाण्डे पार्टी पछि विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेर वागमती प्रदेशको मुख्यमन्त्री भएका थिए ।