धादिङमा २४ सय कर्मचारी चुनावमा खटिए

316 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२५ कात्तिक – मंसिर ४ गते हुने निर्वाचनका लागि धादिङ जिल्लामा २४ सय २२ जना कर्मचारी खटिने भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठका अनुसार २ संघीय निर्वाचन क्षेत्र र ४ प्रदेश सभा क्षेत्रका लागि जिल्लाभर ३०३ जना मतदान अधिकृत,३०३ जना सहायक मतदान अधिकृत खटाईएका छन् ।

त्यसै गरी मतदानका लागि जिल्लाभर १५ सय १३ जना सहायक कर्मचारी र ३०३ जना कार्यालय सहायक खटाईएका छन् प्रत्येक मतदान केन्द्रमा स्वयंसेवकहरु पनि परिचालन गरिने श्रेष्ठले जानकारी दिनु भयो ।

धादिङमा १३ स्थानीय तह अन्र्तगत १०४ वटा वडा रहेको छ, जस्मा जिल्ला भर २ लाख ६५ हजार ९९६ जना मतदाता रहेका छन । कुल मतदाता मध्ये १ लाख ३५ हजार ४ सय १ जना महिला १ लाख ३० हजार ५ सय ९४ पुरुष र १ अन्य रहेका छन् ।

यसै गरी निर्वाचन आयोगले धादिङ जिल्ला कारागारलाई अस्थायी मतदान केन्द्र तोकेको छ ।अस्थायी मतदान केन्द्रबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ मात्रैको मतदान गर्न सकिनेछ ।