धादिङ १ मा राजेन्द्र र भूमीको कडा टक्कर ,पाण्डेको अग्रता

296 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत गल्छी गाउँपालिकाको मत गणना सम्पन्न हुंदा नेकपा एकिकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रगता लिएका छन् ।

कलम चिन्ह लिएर उम्मेद्वार भएका सत्ता गठवन्धनका पाण्डेले गल्छी गाउँपालिकामा ५३ सय ७९ मत पाएका छन् । एमालेका भूमी त्रिपाठीले सूर्य चिन्हमा ५१ सय ८८ मत पाएर पाण्डेलाई पछ्याउँदै टक्कर दिईरहेका छन् ।
गल्छी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १५ सय ६५ मत पाएका छन् । पन्तले पाएको मतले ठूला दललाई कमजोर पारिरहेको छ ।
यसै गरी क्षेत्र नम्बर २ मा सत्ता गठवन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका रामनाथ अधिकारीले अग्रता लिईरहेका छन । अधिकारीले ३७ सय ७३ मत ल्याएर अग्रता कायम गर्दा नेकपा एमालेका खेम लोहनी ३१ सय १२ मतले अधिकारीलाई पछ्याईरहेका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको बसुमाया तामाङले ५ सय ३५ मत ल्याएर तेश्रो स्थान कायम गरिरहेकी छन् ।