धादिङ १ मा राजेन्द्र पाण्डेको अग्रता कायमै, भूमी त्रिपाठी कडा टक्कर दिंदै

297 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को मतगणना गल्छी गाउँपालिकाको महेशदोभान स्थित निर्वाचन अधिकृतको कार्यालयमा जारी छ । अहिले सम्म भएको मतगणनाको परिणाम अनुसार सत्ता गठवन्धनका साझा उम्मेदवार नेकपा एसका राजेन्द्र पाण्डेले अग्रता लिईरहेका छन् ।

क्षेत्र नम्बर १ मा पर्ने ६ वटा स्थानीय तह मध्ये गल्छी गाउँपालिकाको मतगणना सम्पन्न हुंदा १८३ मतले अग्रता लिएका पाण्डेले थाक्रे गाउँपालिकाको वडा नम्बर १, ९ र ११ को मतगणना जारी हुंदा पनि अग्रता कायमै राखेका छन् । थांक्रेको १, ९ र ११ नम्बर वडाबाटमा पाण्डेले १६६८ मत पाउँदा नेकपा एमालेका उम्मेदवार भुमि त्रिपाठीले १५९१ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ५५५ मत लेराएका छन । पन्त थांक्रेका वासिन्दा समेतह हुन । अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले ६५ मत पाएका छन भने गणना भएको मध्ये ११२ मत बदर भएको छ ।
सत्ता गठवन्धनका साझा उम्मेदवार पाण्डेले ७०३९, भुमि त्रिपाठीले ६७७९, हिमेश पन्तले २१२० मत पाएका छन् । मतगणना जारी रहेको छ ।