धादिङ १ मा पाण्डे र त्रिपाठीको कडा प्रतिस्पर्धा

319 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महेशदोभान ( धादिङ) धादिङमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र नेकपा एमालेका जिल्ला अध्यक्ष भूमी प्रसाद त्रिपाठी बिचको प्रतिस्पर्धा निकै पेचिलो बन्दै गएको छ । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गरिरहेका पाण्डे वागमती प्रदेशका मुख्यमन्त्री हुन भने त्रिपाठी यसै क्षेत्रका निवर्तमान सांसद हुन ।

क्षेत्र नम्बर १ मा पर्ने ६ स्थानीय तह मध्ये अहिले सम्म गल्छी र थांक्रे गाउँपालिकाको मतगणना सकिएको छ ।  बुधवार विहान दिउँसो १२ वजे सम्ममा भएको परिणाम अनुसार  नेकपा एसका पाण्डेले १५हजार ०१४ र नेकपा एमालेका भूमी त्रिपाठीले १३हजार ७०४ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ५ हजार ३६७ मत ल्याएर पछ्याइरहेका छन् ।

छ स्थानीय तह रहेको धादिङ १ मा धुनिबेसी नगरपालिका,गजुरी,सिद्धलेक, वेनिघाटरोराङको मत गणना हुन बाँकी रहेकाले अन्तिम परिणाम कस्तो आउने हो अड्कल गर्न नसकिने अबस्था रहेको छ । राजेन्द्र पाण्डे २०४८ साल देखि नेकपा एमालेबाट उम्मेदवार बनि यसै क्षेत्रबाट चुनाव जित्दै आएकोमा यो पटक नेकपा एकीकृत समाजवादीबाट चुनाव भिड्दै छन् ।नेकपा एमाले र सत्ता गठवन्धन दुवै पक्षले मत गन्न बाँकी रहेको ठाउँमा आंफुहरुको राम्रो मत रहेको दावी गरेका छन् ।