मतदाता रक्सी र मासुमा बिकेको हिमेश पन्तको आरोप

290 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका कमेडियन हिमेश पन्तले सोचेजस्तो मत पाउन नसकेपछि आफ्नो क्षेत्रका मतदाता रक्सी र मासुमा बिकेको आरोप लगाउँदै आक्रोश पोखेका छन्।

पन्तले आफ्नो फेसकबुक वालमा लेख्दै भनेका छन– बजारक्षेत्रको जनताको चेतनामा सुधार आएपनि ग्रामिण भेगका मतदाता अझै पनि रक्सी र मासुमा विकेको गम्भिर आरोप लगाएका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘करोडौं करोड खर्च गरेर चुनाव लड्नेहरूसँग २ ४ लाख खर्च गरेर चुनाव लड्नु कुनै जोक हैन। धादिङ क्षेत्र नं १ मा ५ वटा गाउँपालिका र १ वटा नगरपालिका छ, ‘हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भए पनि पहाड, गाउ र लेकका मान्छेहरूको चेतना स्तरमा अझै सुधार आएको छैन। हामी प्रचाररप्रसारमा हिँड्दै गर्दा ‘जस्ले दिन्छ नोट, उसैलाई भोट।’ भनेको पनि धेरै नै सुन्न पाइयो।’

उनले आफूहरु प्रचारमा हिँडेको बेलामा भोट चाहिए रक्सी खुवाउनुस् सम्म भनेको दाबी गरेका छन्। धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो नभएकोे उल्लेख गर्दै निर्वाचन आयोगले दिएको १२र१३ दिनको प्रचाररप्रसारमा ५३ वटै वडामा पुग्नु असम्भव भएको उल्लेख गरेका छन्।

‘म यत्ति भन्न सक्छु हामीले ल्याउँदै गरेको भोट स् मासुभातको बदलामा आएको भोट हैन, पैसाले किनेको भोट हैन र कुनै डररधम्कीबाट आएको भोट हैन’ उनले भनेका छन्, ‘विनारसंगठन, विना गठबन्धन, विना पैसा, विना अनुभव ‘मुख्यमन्त्री राजेन्द्र पाण्डेससँग भिड्ने दम कुनै युवामा थियो ?’

उनले अहिलेको निर्वाचनबाट एउटा सुरुवात भएको जिकिर गरेका छन्।‘जग हाल्ने कामको थालनी भएको छ। हाम्रो सम्मानित मत आउँदै गर्दा जनता झुक्याएर सत्तामा पुग्नेहरूको मनभित्र ढ्याङ्रो बजेको छ। यही नै हाम्रो ठूलो उपलब्धि हो’ उनको भनाइ छ।

उनको क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे फराकिलो मतान्तरले अगाडि छन्। उनी थोरै मत ल्याएर तेस्रो स्थानमा छन्। । धादिङको थांक्रे गाउँपालिकाका वासिन्दा पन्तले थांक्रेबाट सोचेजस्तो मत पाउन नसकेपछि सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका हुन । उनको क्षेत्रमा मतगणना अझै जारी रहेको छ ।