सिल ताेडिएकाे बाकस र बढी मतपत्र भेटियपछि मतगणना स्थगित

324 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । मंसिर ७- धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा मतपत्र धेरै भेटिएपछि मतगणना रोकिएको छ । खनियाबास गाउँपालिका ४ स्थित गणेशकुण्ड मतदान केन्द्रको मतपेटीकाको दुईवटा शिल टोडिएको पाईएको छ भने बाहिर सिल भेटिएकाे भनेर राप्रपा र एमाले कार्यकर्ताहरु प्रदर्शा गरेका छन् । चारवटा केन्द्र काे मतदान गरिएकाे मतभन्दा ९२ मत पत्र भेटिएको थियाे ।

बिहान ९:३० देखि राेकिएकाे मतगणना २ नम्बर क्षेत्रकाे प्रतिनिधि सभा, प्रदेशसभाकाे मतगणना राेकिएकाे छ ।
गंगाजमुना मण्डली मावि-५ (क), त्रिपुरासुन्दरी गाउँ पालिका-२ वडा कार्यालय (क), खनियाबासगाउँ पालिका-४ गणेशकुण्ड मावि (ख) र रुबिभ्याली गाउँ पालिका-४ मुक्रापदेवी माविको मतगणनाका लागि तयारी गर्दा यस्ताे अवस्था भेटियकाे हाे ।

यहाँ १ हजार १ सय ९ मतदाताले मतदान गरेकाे मुचुल्का एको थियो । थियाे । मत गन्ने तयारी गर्दा १ हजार २ सय १ मतपत्र भेटिएकाे हाे ।

पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका जगत सिंखडा २४६ मतले राप्रपाका उम्मेदवार डम्बर तामाङ भन्दा अगाडी छन् ।  सिंखडाको ९ हजार ८ सय ९ र डम्बर तामाङको ९ हजार ५ सय ६३ मत रहेको छ ।

– सीताराम अधिकारी