समानुपातिकतर्फ धादिङमा नेकपा एमाले पहिलो पार्टी

349 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङमा समानुपातिकतर्फ ४१ हजार ८८ मत प्राप्त गरी नेकपा एमाले पहिलो पार्टी बनेको छ । दोस्रोमा नेपाली कांग्रेसले ३७ हजार ५२४ मत प्राप्त गरेको छ भने तेस्रोमा नेकपा माओवादी केन्द्रले २७ हजार २८८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले १५ हजार ७५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले १० हजार ५३ मत र नेकपा एकीकृत समाजवादीको कलम चिह्नले ८ हजार ४२९ मत प्राप्त गरेको छ ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा धादिङमा प्रत्यक्ष र समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा खसेका मतमध्ये झन्डै २६ हजार मत बदर भएको छ । प्रत्यक्षतर्फ मात्रै प्रतिनिधिसभा र प्रदेशसभामा गरी १० हजार ९३० मत र समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा गरी १४ हजार ९९२ मत गरी कुल २५ हजार ८५२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धादिङले जनाएको छ ।

कुल २ लाख ६५ हजार ९९६ मतदाता रहेको धादिङ जिल्लामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ खसेको १ लाख ५० हजार ३९१ मतमध्ये ६ हजार २३५ मत बदर भएको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेश क्षेत्र रहेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा १ लाख ३२ हजार ३५४ मतदाता रहेकोमा ८० हजार ६१५ मत खसेको र तीमध्ये २ हजार ८२८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय धादिङले जानकारी दिएको छ ।

क्षेत्र नं १ को प्रदेश ९क०मा ७३ हजार १५७ मतदाता रहेकोमा ४४ हजार ७१६ मत खसेको र तीमध्ये १ हजार ३५२ मत बदर भएको छ । क्षेत्र नं १ को प्रदेश ९ख० मा ५९ हजार १९७ मतदाता रहेकोमा ३५ हजार ९५४ मत खस्दा १ हजार ६७ मत बदर भएको बताइएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ १ लाख ३३ हजार ६४२ मतदाता रहेकोमा ६९ हजार ७७६ मत खसेको र त्योमध्ये ३ हजार ४०७ मत बदर भएको छ । क्षेत्र नं २ को प्रदेश ९क०मा ७० हजार ७०१ मतदाता रहेकोमा ३८ हजार ४०० मत खस्दा १ हजार ११२ मत बदर भएको छ भने सोही क्षेत्रको प्रदेश ९ख०मा ६२ हजार ९४१ मतदातामध्ये ३१ हजार २१२ मत खस्दा १ हजार ६४ मत बदर भएको छ ।

कुल २ लाख ६५ हजार ९९६ मतदाता रहेको धादिङ जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको १ लाख ५१ हजार २०६ मतमध्ये ६ हजार ६१० मत बदर भएको छ । क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ १ लाख ३२ हजार ३५४ मतदाता रहेकोमा खसेको ८० हजार ११७ मतमध्ये ३ हजार ५२ मत बदर भएको छ ।

यस्तै, क्षेत्र नं १ को प्रदेश ९क० र ९ख० मा १ लाख ३२ हजार ३५४ मतदाता रहेकोमा ८० हजार ७०३ मत खस्दा ४ हजार ९२ मत बदर भएको छ । यसैगरी, क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ १ लाख ३३ हजार ६४२ मतदाता रहेकोमा खसेको ७० हजार ८९ मतमध्ये ३ हजार ५५८ मत बदर भएको निर्वाचन कार्यालय धादिङले जनाएको छ । क्षेत्र नं २ को प्रदेश ९क० र ९ख०मा १ लाख ३३ हजार ६४२ मतदाता रहेकोमा ६९ हजार ७९१ मत खस्दा ४ हजार २९० मत बदर भएको छ ।

विभिन्न दलबीचमा भएको चुनावी तालमेल तथा प्रभावकारी मतदाता शिक्षा नहुँदाको परिणाम अधिक मत बदर भएको निर्वाचन पर्यवेक्षण गरिरहेका इन्सेक प्रतिनिधि सीताराम अधिकारी बताउँछन् । निर्वाचन आयोगले महिला स्वास्थ्य स्वयंसेविका प्रयोग गरेर मतदाता शिक्षा सञ्चालन गरे पनि बदरको दर भने धेरै देखिएको पर्यवेक्षक अधिकारीले बताए ।

मतदाता शिक्षाअन्तर्गत जिल्ला निर्वाचन कार्यालयले पनि प्रत्येक स्थानीय तहको केन्द्रमा नमुना मतदान गरेको थियो । यसरी गरिएको नमुना मतदानमा दूरदराजका मतदाताको भन्दा शिक्षक, कर्मचारी र राजनीतिक दलका केही प्रतिनिधिको सहभागिता धेरै रहेको थियो । नमुना मतदानमा सहभागी हुनेले अरुलाई जानकारी दिन नसक्दा बदर मत बढेको हो ।