जाडो मौसममा छालालाई कसरी मुलायम राख्न सकिन्छ ?

293 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

जाडो मौसममा छाला फुट्ने र सुख्खा हुने भएका कारण मानिसको सुन्दरतामा समस्या देखिन्छ । चिसोबाट छालालाई मुलायम, सुन्दर एवं चम्किलो राख्न विभिन्न उपायहरु अपनाउन सकिन्छ । बेलुका सुत्नुअघि शुद्ध मह दूधको तरमा मिसाएर अनुहारमा लगाई अनि १५ मिनेटपछि मनतातो पानीले पखाल्दा छाला मुलायम हुन्छ । छालालाई चम्किलो बनाउन हप्तामा एकपटक स्टिम लिनुका साथै स्क्रब वा फेसियल गराउनु उपयुक्त हुन्छ । घरमा फेस प्याक बनाउने सामग्री नभए राति सुत्नुअघि नरिवलको तेलले फेस मसाज मात्र गरे पनि छाला नरम एवं आकर्षक देखिन्छ ।

जाडो समयमा छालाको हेरचाह गर्न निम्न उपायहरु अपनाउनु उपयक्त हुन्छ :

– जाडोमा छाला सुख्खा हुन नदिन पानी, फ्रुट तथा भेजिटेबल जुसका साथ अलिभ ओयल सेवन गर्नु फाइदाजनक हुन्छ।

– नुहाउनुपूर्व नरिवलको तेलले मालिस गर्न सकिन्छ।

– रौंछिद्र बन्द नगर्ने खालको तेल जाडो मौसमका लागि उपयुक्त हुन्छ। एवोकाडो तथा आल्मोन्ड ओयलले रौंछिद्र बन्द गर्दैनन्।

– छाला अत्यन्त सुख्खा भएको ठाउँमा पेट्रोलियम जेली प्रयोग गर्नु उचित हुन्छ।

– साबुनको साटो बेसन तथा दहीको पेस्टले छाला सफा गर्न सकिन्छ।

– साबुन नै प्रयोग गर्ने हो भने मोस्चराइजरयुक्त साबुन प्रयोग गर्नुपर्छ। त्यसका लागि नेचुरल ओयल तथा ग्लिसरिनयुक्त साबुन पनि उपयुक्त हुन्छ।

– तातोपानीले स्नान गर्नुभन्दा मनतातो पानीमा केही थोपा ग्लिसरिन वा टि ट्री ओयलजस्ता प्राकृतिक तेल हालेर नुहाउनु राम्रो हुन्छ। यसबाट छालाको कोमलता कायम रहन्छ।

– वाटर बेस्ड मोस्चराइजरको ठाउँमा ओयल बेस्ड मोस्चराइजर प्रयोग गर्नुपर्छ।

– छालालाई नरम राख्न ग्लिसरिनयुक्त मोस्चराइजर्स पनि उपयुक्त हुन्छ।

– एसेन्सियल ओयल्स तथा भिटामिन ई प्रयोग गर्नुपर्छ। अनुहारको छाला प्राकृतिक रूपमै तैलीय छ भने यसको प्रयोग गर्नु हुँदैन।

– पेडिक्योर-मेनिक्योर गराउँदा प्रयोग हुने पानी मनतातो होस्, त्यसमा प्राकृतिक तेलको केही थोपा पनि रहोस् भन्ने ख्याल राख्नुपर्छ।

– हातखुट्टा फुट्नबाट जोगाउन कटनका मोजा एवं पन्जा प्रयोग गर्नुपर्छ।

– छालाको तेल कम गर्ने खालका मास्क तथा प्याक्स प्रयोग गर्नुहुँदैन।

– नङलाई टुट्न एवं ड्राई हुनबाट जोगाउन ओयल एवं मोस्चराइजर प्रयोग गर्नुपर्छ।

– एवोकाडो एक्सट्रेक्टमा अलिभ ओयल मिसाएर तयार पारिएको मास्क प्रयोग गर्नु राम्रो हुन्छ।

– यो मौसममा क्रिमी फेसियल क्लिन्जर्स प्रयोग गर्न सकिन्छ।

– मोस्चर लक गर्न नुहाएपछि तुरुन्तै बडी लोसन प्रयोग गर्नुपर्छ।

– अल्कोहलयुक्त स्किन केयर प्रयोग गर्नुहुँदैन।

– टि ट्री ओयलयुक्त लिप बाम ओठ सफ्ट राख्न उपयुक्त हुन्छ।

– जाडोमा कुहिना तथा घुँडाको छाला बढी ड्राइ हुन्छ। त्यसमा मह र सख्खर मिक्स गरी तयार पारिएको स्क्रब प्रयोग गर्दा छाला नरम एवं कोमल रहन्छ।

– हातखुट्टाका लागि मिल्क बाथ लिन सकिन्छ। नुहाउने पानीमा थोरै दूध मिसाएर प्रयोग गर्नु राम्रो हुन्छ। यसबाट छाला नरम रहन्छ।

– आफ्नो डाइटमा फ्लेक्स सिड ओयल समावेश गर्नुपर्छ। यसले शरीरलाई भित्रैबाट पोषण प्रदान गरी स्किनलाई मोस्चराइज गर्छ।

– महमा गुलाबजल मिसाएर प्रयोग गर्दा छाला सुख्खा हुन पाउँदैन।

– बदामको तेलले मालिस गर्दा छालालाई पोषण प्राप्त हुन्छ। यो ड्राई स्किनका लागि सबैभन्दा राम्रो होम रेसिपी हो।

– कागतीको रसलाई एवोकाडोमा मिसाएर लगाउँदा छालाको सुख्खापन हट्छ।

ह्यान्ड-नेल केयर

– बेकिङ सोडामा कागतीको रस मिसाएर पेस्ट बनाउनुपर्छ। यसको प्रयोग नङमा रगडेर गर्नाले त्यसले नेल ह्वाइटनरको काम गर्छ। यो पहेंलो नङ हुनेहरूका लागि फाइदाजनक हुन्छ।

– यो मौसममा नङमा बढी केमिकल प्रयोग गर्नु हुँदैन।

– भाँडा माझ्दा, धुँदा वा पानीमा काम गर्दा ग्लोब्स लगाउनु उपयुक्त हुन्छ।

– हातलाई मोस्चराइज गर्दा नङमा पनि लोसन वा क्रिम लगाउनुपर्छ।

– नियमित रूपमा मेनिक्योर गराउनुपर्छ।

– मनतातो पानीमा बदामको तेल मिसाई त्यसमा केही क्षण औंला डुबाएर राख्नुपर्छ।

– मनतातो पानीमा कागतीको रस र नुन मिसाएर हातमा रब गर्नु राम्रो हुन्छ। यसबाट डेड स्किन निस्कन्छ।

– केही क्षण मनतातो दूधमा डुबाउँदा पनि हात नरम हुन्छ।

लिप केयर

– सातामा एकपटक स्क्रब गर्नुपर्छ। दुई टी स्पुन सुजीमा आधा टी स्पुन मह मिसाएर ओठको स्क्रबिङ गर्नु राम्रो हुन्छ।

– जाडोमा लङ लास्टिङ लिपिस्टिकको प्रयोग कम गर्नुपर्छ। कारण त्यसबाट ओठको छालाको रौंछिद्र बन्द भै ओठ सुख्खा हुन्छ।

– लिप बामको प्रयोग नियमित रूपमा गर्नुपर्छ। पेट्रोलियम जेली लगाउनुपर्छ।

– मख्खनले ओठ मसाज गर्न सकिन्छ।

– तिलको तेललाई मनतातो बनाई लगाउनु फाइदाजनक हुन्छ।

– कागतीको रसमा ग्लिसरिन मिसाएर ओठ मसाज गर्नु राम्रो हुन्छ।

– पानी र फ्रुट जुस प्रशस्त मात्रामा सेवन गर्नुपर्छ।

( एजेन्सीको सहयोगमा)