अन्तर मा.वि हाजिरीजवाफ प्रतियोगितामा महाकाली मा.वि तसर्पु विजयी

620 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

१ पौष, महादेववेशी
थाक्रे गाउँपालिकाको जनजागृति माध्यमिक विद्यालयमा आज आयोजित अन्तर मा.वि हाजिरीजवाफ प्रतियोगितामा श्री महाकाली मा.वि तसर्पुले प्रथम स्थान हासिल गर्न सफल भएको छ । थाक्रे गाउँपालिकाको ६ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा जनजागृति माध्यमिक विद्यालय द्धितीय, लितिमहाकाल मा.वि तृतिय र आदर्श मा.वि थाक्रे ५ ले सान्त्वना स्थान हासिल गरेका छन् । कार्यक्रम वाल विकास कार्यक्रम नेपाल (CDPN, NEPAL) द्धारा आयोजित कार्यक्रमलाई जनजागृति माध्यमिक विद्यालयले व्यवस्थापन गरेको थियो । प्रतियोगितामा विजेता विद्यालयलाई सिल्ड तथा प्रमाणपत्र तथा विजेता विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र एवम् पुरस्कार बाट थाक्रे वार्ड नं. ६ का वडा अध्यक्ष हिराबहादुर थापाले पुरस्किृत गर्नुभएको थियो ।

 

पुस १ गते प्रकाशित