स्थानीय तहका अधिकारीले बिदा वस्न मन्त्रालयको स्वीकृति लिनुपर्ने

443 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले आँफुखुसी विदा वस्न नपाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अब स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने छ ।

मन्त्रालयका अनुसार जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिदामा बस्दा अनिवार्य मन्त्रालयबाट स्वीकृति गराउनुपर्ने निर्देशन जारी गरेको हो । मन्त्रालयका सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजङ्ग थापाका अनुसार जानकारी विना कार्यक्षेत्र छाडेर जाँदा सेवा प्रवाहमा समस्या देखिएकाले अबदेखि मन्त्रालयको स्वीकृित बेगर बिदा पनि बस्न नपाइने भएको हो ।

स्थानीय तहमा खटिएका अधिकारीले आफूखुशी कार्यलय छाडेर बाहिर जाने गरेको जनगुनासो बढ्न थालेपछि मन्त्रालयमा जानकारी नदिई कार्यालय छाडेर नजान उनीहरुलाई निर्देशन दिइएको हो । मन्त्रालयले ७७ जिल्ला समन्वय समिति र सात सय ५३ वटै स्थानीय तहलाई पत्र पठाइ अब उप्रान्त मन्त्रालयको पूर्वस्वीकृति विना जिल्ला र कार्यक्षेत्र नछाड्न निर्देशन दिएको छ । मा उल्लेख गरेको छ। रासस