देशका विभिन्न भू-भागमा वर्षा र हिमपातकाे सम्भावना

206 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पुस ४ – देशका विभिन्न भू-भागमा आज वर्षा र हिमपातकाे सम्भावना रहेकाे छ । विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेका कारण हिमपात र वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार पहाडी भू-भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो रहेको छ । आज दिउँसो प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाकाे अनुमान छ ।

प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश-१ लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने भएकाले देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाे महाशाखाले उल्लेख गरेकाे छ ।