प्रचण्डको नेत्तृत्वमा ८ सदस्यीय मन्त्रीमण्डलको गठन

420 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

काठमाडौं– नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ।
नव नियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुले सोमबार राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

नवनियुक्त प्रधानमन्त्रीमा पुष्पकमल दाहाल को नेतृत्वमा बनेको मन्त्री मण्डलमा एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन्। उनलाई सरकारमा दोस्रो वरीयता मिलेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक योजना तथा निर्माणमन्त्री बनेका छन्। उनी मन्त्रिपरिषद्मा तेस्रो वरीयतामा रहनेछन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन्। उनले मन्त्रिपरिषद्मा चौथो वरीयता पाएका छन्।

त्यसैगरी प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा एमालेबाट बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद ज्वालाकुमारी साह, बैतडीका सांसद दामोदार भण्डारी र धनकुटाका सांसद राजेन्द्रकुमार राई पनि मन्त्री बनेका छन्।

यस्तै, अन्य मन्त्रीहरुमा एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई, जनमत पार्टीबाट अब्दुल खानले शपथ लिएका छन्। उपप्रधानमन्त्री बाहेक अन्य मन्त्रीहरुलाई कार्यभार तोकिएको छैन।

तीन उपप्रधानमन्त्रीबाहेक अरु चार मन्त्रीले विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका छन्। सात दलीय गठबन्धनले अबको केही दिनमा थप मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरेको बताईएको छ ।