बागमती प्रदेश सरकारले पायो पूर्णता,११ सदस्यीय मन्त्रीमण्डल गठन

419 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेर सरकारलाई पूर्णता दिएका छन । नवनियुक्त ८ मन्त्रीले प्रदेश प्रमुख यादवचन्द्र शर्माट बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मन्त्रिपरिषद् विस्तारमा  एमालेबाट ३, माओवादीबाट ३ र राप्रपाका २ जना नयाँ मन्त्रीहरूले शपथ लिएका छन् ।

मन्त्रिपरिषद्मा एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेल, माओवादी केन्द्रबाट युवराज दुलाल, गंगानारायण श्रेष्ठ र कुमारी मोक्तान साथै राप्रपाबाट डम्बर तामाङ र राजु विष्टले शपथ लिएका हुन ।

यसअघि पुस २६ गते विनाविभागीय मन्त्रीको शपथ लिएका राप्रपाका उद्वव थापाले ऊर्जामन्त्रायलयको जिम्मेवारी पाएका छन् । एमालेका जगन्नाथ थपलियाले मुख्यमन्त्रीसँगै आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका थिए ।

एमाले विभाजन गरे मुख्यमन्त्री बन्न पुगेका राजेन्द्र पाण्डेले मन्त्रालय फुटाएर १४ वटा बनाएका थिए । पाण्डेले फुटाएका मन्त्रालयलाई गाभेर अब ११ मा कायम गरिएको छ ।

१. मुख्यमन्त्री : शालिकराम जम्कट्टेल

२. आर्थिक मामिला तथा योजना मन्त्री : जगन्नाथ थपलिया

३. आन्तरिक मामिला तथा कानुन मन्त्री : गङ्गानारायण श्रेष्ठ

४. वन तथा वातावरण मन्त्री : राजु विष्ट

५. पर्यटन, उद्योग तथा सहकारी मन्त्री : डम्बर तामाङ

६. खानेपानी, उर्जा तथा सिंचाई मन्त्री : उद्दव थापा

७. भौतिक पूर्वाधार विकास मन्त्री : युवराज दुलाल

८. कृषि तथा पशुपन्छी विकास मन्त्री : केशव पोख्रेल

९ . श्रम रोजगार तथा यातायात मन्त्री : एकालाल श्रेष्ठ

१०. स्वास्थ्य मन्त्री : रामेश्वर श्रेष्ठ

११. सामाजिक विकास मन्त्री :कुमारी मोक्तान