नागढुंगा मलेखु सडक स्तरोन्नति, प्रति किलोमिटर १२ करोडको लागत

550 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
गल्छी (धादिङ) । देशको संघीय राजधानी काठमाडौँसँग देशका ६८ जिल्ला जोड्ने स्थलमार्गको मुख्य नाका काठमाडौँको नागढुंगादेखि त्रिभुवन राजपथको नौबिसेसम्म र पृथ्वीराजमार्गको नौबिसे मलेखुखण्डको स्तरोन्नतिको काम सुरु भएको छ ।

व्यापारिक तथा राष्ट्रिय महत्वको सडकका रूपमा रहेको काठमाडौं उपत्यका छिर्ने मुख्य सडकलाई एसियाली स्ट्यान्डर्डअनुसार विकास गर्न स्तरोन्नतिको काम सुरु गरिएको हो ।

मुग्लिङनागढुंगा क्षेत्रमा पर्ने करिब ९६ किलोमिटर लामोसडक खण्डलाई ३ वटा चरणमा विभाजन गरेर स्तरोन्नति गर्न लागिएको छ । जसमा नौबिसे–मलेखु ४३।५२ किलोमिटर र त्यस्तै नागढुंगा नौबिसे १२।६२ किलोमिटर र मलेखु–मुग्लिन ४० किलोमिटर बिस्तार गरिने छ ।

नागढुंगा–नौबिसेखण्ड ३ लेनको हुनेछ । मालबाहक सवारीलाई ठाडो उकालोमा सहजता होस भनेर एउटा थप डेडिकेटेड लेन बिस्तार गर्न लागिएको छ । ‘बस्ती तथा बजार भएका स्थानमा सडक ४ लेनको हुनेछ । साथै सर्भिसलेन समेत निर्माण गरिने छ, जसबाट सर्वसाधारणलाई साधनहरु आवतजावत गर्न सजिलो हुनेछ ।

सडक विभाग अन्तर्गत रहेको विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार नागढुंगा–नौबिसे खण्ड ९त्रिभुवन राजपथ०को १२।६२ किलोमिटर सडक सुधार तथा विस्तार एक अर्ब ८८ करोड ९८ लाख ११ हजार ९७१ रुपैयाँ लागतमा दुई वर्षमा सक्ने र नौविसे–मलेखु खण्ड ९ पृथ्वी राजमार्गको ० को ४३।५२ किलोमिटर सडक सुधार तथा विस्तार सात अर्व ८३ करोड ४७ लाख ८२ हजार १४१ रुपैयाँलागतमा ३ वर्षमा सक्ने गरी लागत अनुमान गरिएको छ ।

चिनियाँ कम्पनीसँग नेपाली कम्पनीले संयुक्त लगानी गरेर ठेक्का लिएको छ । जस्का एम एस÷जिअंसु–सगुन जेभी कन्स्ट्रकसनले नागढुंगा–नौबिसेखण्डको १२।६२ किलोमिटर सडक सुधार तथा विस्तार एक अर्ब ३१ करोड ८४ लाख एक हजार २१० रुपैयाँ लागतमा दुई वर्षमा सक्ने गरी सम्झौता गरी निर्माण कार्य गरिरहेको छ । यसैगरी शर्मा–लामा–जेडआइजिसि जेभीे नौबिसे–मलेखुखण्डको ४३ दशमलव ५४२ किलोमिटर सडक सुधार तथा विस्तार पाँच अर्ब ३३ करोड १९ लाख २८ हजार ७७४ रुपैयाँ लागतमा तीन वर्षमा सक्ने गरी सम्झौता गरी निर्माण कार्य अघि बढाएका छन् ।

निर्माणाधिन सडकको दुबैखण्ड गरी ५५ दशमलव ८०२ किलोमिटर सडकको लागत छ अर्ब ६५ करोड तीन लाख २९ हजार ९८४ रुपैयाँ अर्थात् प्रतिकिलोमिटर ११ करोड ९१ लाख ७७ हजार २६९ रुपैयाँ रहेको छ । यस सडकको परार्मशदताहरु अस्ट्रेलियाको एसएमइसी इन्टरनेशनल प्रालि, पिइसी लिमिटेड र रिपब्लिकन अफ कोरिया इन एसोसिएसन, आइ टिइसिओ र टिएमएस रहेका छन् ।
सडक सुधार तथा विस्तारको मुख्य लक्ष्य काठमाण्डौ–नौविसे–मलेखु खण्डको क्षमता बढाउने, मालबाहक सवारीसाधनको आवागमनमा सहजता ल्याउने, यातायातका खर्च र समय घटाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने र बजारक्षेत्रलाई व्यवस्थित गर्ने रहेको छ । सडक ९ मिटरदेखि ३० मिटर चौडा हुने छ । खानीखोलाबजारमा ४६० मिटर लम्बाई २१ मिटर चौडा र गल्छी बैरेनीमा ३७० मिटर लम्वाइ २१ मिटर चौडा हुने छ । यसैगरी धार्केबजारमा ४२० मिटर, महादेववेसीमा ३५० मिटर सिम्लेमा २७० मिटर, गजुरीमा ७३० मिटर र मलेखुमा २१० मिटर सडक ३० मिटर चौडा हुने छ । ३० मिटर चौडाई हुने स्थानमा दुई सभिर्स लेन समेत हुने इन्जिनियर जयराम अधिकारीले बताउनुभयो ।

निर्माणाधीन सडकखण्डमा २१ ओटा नयाँ पुल बन्नेछन । पुल भने सबै चार लेनको हुने बताइएको छ । हाल भइरहेका दुई लेनको पुल नभत्काई त्यससँगै ‘साइड’मा सडक जत्तिकै चौडाइको पुल निर्माण गरिने भएको छ । पृथ्वी राजमार्गमा पर्ने आग्राखोला, बेल्खुखोला र मलेखु खोलामा रहेको पुल भने यथावत रहने भएको छ । त्रिभुवन राजपथ अर्थात प्याक १ अन्तरगत खत्रीपौवा पुल र नौविसेखोला पुल नयाँ निमार्ण गरिनेछ । यसैगरी पृथ्वीराजमार्ग अर्थात् प्याकेज दई अन्तर्गत गणेशखोला, सोप्याङखोला, खहरेखोला, फेदीखोला, डाडङुगंखोला, खेस्टेखोला, मछेडीखोला, गर्दोखोला, जुगेखोला, चिरौदीखोला पोखरेखोला, गलौदी खोला सोतीखोलामा नयाँ पुल निर्माण गरिने इन्जिनियर अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी मुख्य बजार क्षेत्रमा पैदलयात्रीलाई लक्षितगरी आकाशे पुल निर्माण गरिने छ । आकाशेपुल निर्माण हुने स्थानहरु खानीखोला बजार, धार्केबजार, महादेववेसीबजार, सिम्लेबजार, गल्छी बैरेनी र मलेखु बजारमा एकरएक वटा पुल निर्माण गरिने छ । पृथ्वी राजमार्गकै आकर्षण रहेको धादिङको गजुरीबजारमा दुई वटा आकाशे पुल निर्माण गरिने छ । निर्माण हुने सबै पुलहरुमा ह्वील चियर मैत्री हुने बताइएको छ ।

सडक सुधार तथा विस्तारको कामको अनुगमन, प्राविधिक सहयोग, कामको गुणस्तर र निर्माण कम्पनीले काम गरे नगरेको जिम्मेवारी परामर्शदाताको हुने नागढुंगा–मुग्लिन सडक आयोजना ९पूर्वी खण्ड० गजुरीका प्रमुख ईश्वर रिजालले बताए । कार्यालयको तर्फबाट सडक विस्तार तथा सुधार गर्दा आउने गुनासो, विवाद व्यवस्थापन, समन्वय र परार्मशदातालाई सहजीकरण गर्ने रहेको प्रमुख रिजालले बताउनुभयो ।
सडक विभागले गरेको डिजाइन अनुसार मुग्लिङ–नागढुंगा खण्डमा २१ वटा पुलको निर्माण हुनेछ । ‘पुल सबै चार लेनको हुनेछन् । हाल सञ्चालनमा रहेका पुल नभत्काई सडकको चौडाइ अनुसार नै छेउमा पुल निर्माण गरिने छ । बजार क्षेत्रमा स्थानीयलाई सडक पार गर्न सहज बनाउन १० वटा आकाशेपुल पनि निर्माण गरिने भएको छ ।