बुद्धिमान वाईबाले लिएर आए ‘जसलाई बढी माया गर्थेँ’

431 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

जसलाई बढी माया गर्थेँ गीतको मनोरन्जनात्मक म्युजिक भिडियो लिएर आएका छन् धादिङका बुद्धिमान वाईबा । जिवनका आरोह, अवरोहमा निकै कठिन मोड छिचोल्दै अघि बढिरहेका बाईबा केही बर्ष देखि अमेरिकामा रहँदै आएका छन् ।
धादिङको सिद्धलेक –१ नयाँबस्तीका वाईबा साहित्यिक क्षेत्रमा विनय लामाका नामले परिचित छन् । गित गजल लेखनमा अव्वल रहेका उनी,पत्रकारितामा पनि सक्रिय छन् । तामाङ समाज अमेरिकाको महासचिव समेत रहेका वाईवा  धादिङ न्यूज डट कमका निर्देशक समेत हुन ।
आंफु भित्र लुकेर बसेको प्रतिभालाई विभिन्न माध्यमबाट प्रस्फुटन गर्दै आएका वाइबाको शव्द रहेको जसलाई बढी माया गर्थेँ गीतमा संगीत टिका बम्जनको रहेको छ भने आवाज लक्ष्मी स्याङतानको रहेको छ् ।
म्युजिक चोक नेपाल युट्युब च्यानलबाट चैत २ गते सार्वजनिक भएको म्युजिक भिडियोको निर्देशन जोन राइले गरेका हुन भने भिडियोमा सुनिता वाइबा, सोनाम वाइबा र माया लोप्चनको अभिनय रहेको छ ।
गित संगित, कला। साहित्य र पत्रकारितामा आफ्नो पहिचान वनाईसकेका वाइबाले यस अघि म्हेन्दोमाया एल्बम सेम्की माया बजारमा ल्याइसकेका छन भने एउटा गजल रेकर्डिङ् को तयारी भैरहेको छ ।