सरकारी सेवा बाट निवृत्त भएकाको सुविधा रोक्यो सरकारले

318 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

राज्यले आम्दानी भन्दा धेरै खर्च गरेर लक्ष्य अनुसारको राजस्व स.कलन तथा अन्य श्रोत बाट सरकारी कोषमा रकम थप्न नसक्दा मुलुक चरम आर्थिक संकटमा फस्दै गईरहेको छ ।

मुलुकमा आर्थिक संकट कुन अवस्थामा पुगेको छ भन्ने जान्नका लागि सरकारलेखर्च अभावको कारण देखाई सरकारी सेवा निवृत कर्मचारीलाई दिने सुविधा रोकेबाट स्पष्ट भएको छ ।

सरकारी कोषमा खर्च गर्ने रकमको अभाव बढेपछि नेपाल सरकारले विभिन्न सरकारी सेवा बाट निवृत्त भएकाहरुको सुविधा रोकेको छ।

खर्च अभावको कारण देखाउँदै सरकारले असार २० गतेसम्मको लागि उनीहरुको सुविधा रोकिएको जनाएको हो।

महालेखा नियन्त्रकको कार्यालयले देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै चैत १५ गते देखि सुविधा रोक्न भनेको हो । यसरी सुविधा रोकिएका शिर्षकहरुमा उपदान, सञ्चित विदाबापतको रकम, औषधि उपचार खर्च रहेको छ।

संघीय सरकारको खर्चभन्दा आम्दानी कमजोर बनेपछि सरकारलाई खर्च व्यवस्थापनमा कठिनाइ भएकाले यस्तो निर्णय गरिएको हो ।