कांग्रेस महामन्त्री शर्मा भन्छन्–प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत

115 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गलत भएको बताउनुभएको छ ।

आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शर्माले यस्तो बताउनुभएको हो । यस्तै महामन्त्री शर्माले प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर प्रधानमन्त्रीले कमजोरी गर्नुभएको बताउनुभएको हो ।

महामन्त्री शर्माले प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पुर्‍याउनेगरी बोल्न नमिल्ने बताउनुभयो ।