भारतको सिमलामा पहिरोमा परी एकै परिवारका ३ जना नेपालीको मृत्यु

274 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । भारतको हिमाचल राज्यको सिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ जना नेपालीको मृत्यु भएको छ।

सिमला जिल्लाको क्यारा भन्ने ठाउँमा हिजो सोमबार गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको हो। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ खहरे, टुमीबोटका दीपबहादुर वली, श्रीमती भीमा वली र छोरा मोहन वलीको पहिरोमा परी मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले बताउनुभयो।

जेठा छोरा पनि उनीहरूसँगै बस्ने भए पनि अन्यत्र गएकाले बच्न सफल भएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो।

केही दिनयता हिमाचललगायत उत्तर भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढीरपहिरोले जनधनको क्षति गरेको छ।

भारतको हिमाचल राज्यको सिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ।