भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रचण्ड पत्नीको निधनमा दुःख व्यक्त

189 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

मोदीले बुधबार ट्विटरमार्फत सीताप्रति श्रद्धाञ्जली र प्रधानमन्त्री दाहालको परिवारमा समवेदना प्रकट गर्नुभएको हो । भारतीय प्रधानमन्त्री मोदीले सीता दाहालको निधनको खबरले मर्माहत भएको भन्दै नेपालीका ट्वीट गर्नुभएको छ ।

मोदीले ट्वीटमा भन्नुभएको छ ’श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । पुष्पकमल दाहालप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’