युएई ‘ए’ लाई हराउँदै नेपालको जित
218 पटक पढिएको
काठमाडौं। एसिसी इमर्जिङ टिम्स एसिया कपमा बुधबार भएको खेलमा नेपालले युएई ‘ए’ लाई ३ विकेटले जितेको छ। यूएईले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको हो।
नेपालका लागि कुशल भुर्तेलले बलिङ तर्फ ६ विकेट र ब्याटिङ तर्फ ७१ रनको आक्रमक पारी सहित अलराउन्ड प्रदर्शन गरेका हुन्। देव खनाल र सन्दीप जोराले समान २४ २४ रन बनाए। यस्तै गुल्शन झाले ११ रन बनाए।
नेपालको लागि लागि रोहित पौडेलले ९ रन रन बनाए। त्यस्तै पवन सरार्फले नकआउट शून्य रनमा आउट भए। कुशल मल्लले अभिजित २ रन बनाए। त्यस्तै प्रतिश जिसिले ८ रन बनाए।
ओपनर अर्जुन साउद शून्य रनमा आउट भए। यस्तै बलिङतर्फ युएईका मोहमद फराजुद्धिनले २७ रनलिएर ५ विकेट लिए । मोहम्मद जगदुलाले ४९ लिएर २ विकेट लिए।
नेपालको बलिङतर्फ पार्ट टाइम बलर कुशलले अविश्वसनीय बलिङ गर्दै १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका छन्। स्पिनर मौसन ढकालले ९ ओभर बलिङ गर्दा ४४ रनको खर्चमा २ विकेट लिए। कुशल मल्ल र पवन सरार्फले एकएक विकेट लिए।