फिफा महिला विश्वकप आजदेखि सुरु हुँदै

172 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । फिफा महिला विश्वकप आजदेखि सुरु हुँदै छ । अष्ट्रेलिया र न्यूजिल्याण्डमा फिफा महिला विश्वकपको नवौं संकरण आजबाट सुरु हुन लागेको हो । प्रतियोगिताको उद्घाटन भने न्युजिल्याण्डमा हुनेछ। उद्घाटन खेलमा समूह ए को आयोजक न्युजिल्याण्ड र नर्वे भिड्ने छन्। न्युजिल्याण्ड र नर्वेबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। खेल न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ। यस्तै पहिलो दिन नै समूह बी मा रहेको अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन्। स्टेडियम अष्ट्रेलियामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। ३२ टोली सहभागी भएको प्रतियोगिता आगामी २० अगस्टसम्म हुनेछ।