अमेरिकाको दक्षिणपश्चिम क्षेत्रमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त, १८ जनाको मृत्यु
282 पटक पढिएको
एजेन्सी । अमेरिकाको दक्षिणपश्चिम क्षेत्रमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । गर्मी अब मध्य र पूर्वी क्षेत्रमा पनि विस्तार हुँदैछ।
मध्यपश्चिमबाट सुरु भएको तातो मौसम बुधबारसम्म पूर्व फ्लोरिडाको दक्षिणी छेउसम्म फैलिने मौसमविद्हरूले बताएका छन्। गतसाताको अन्त्यतिरै धेरै प्रमुख शहरहरूमा तापक्रम निकै उच्च रहेको अधिकारीहरुले बताएका छन्।
गर्मीले विभिन्न शहरहरुमा गरी करिव ६ करोड अमेरिकी प्रत्यक्ष प्रभावित भएका छन्। आइतबार, फिनिक्स, एरिजोना सहरमा ४३ डिग्री सेल्सियस भन्दा बढी ताप मापन गरिएको र यो सन् १९७४ मा गरिएको तापमान रेकर्डभन्दा पनि बढी रहेको जनाइएको छ।
हालसम्मको तापमान रेकर्ड अनुसार जुलाई अब पृथ्वीको सबैभन्दा तातो महिना हुने अपेक्षा गरिएको छ।
गत अप्रिलयता मारिकोपा काउन्टी वरपर मात्र गर्मीबाट कम्तिमा १८ जनाको मृत्यु भएको र अन्य ६९ जनाको पनि गर्मीकै कारण मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ।







