नेप्से परिसूचकमा आज पनि दोहोरो अंकको ओरालो

268 पटक पढिएको

९ श्रावण २०८०, मंगलवार १७:१९ सम्पादक: धादिङ न्यूज

काठमाडौं। सेयर कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१६४.३१ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ७.६२ प्रतिशतले घटेको छ।

यसदिन २६७ कम्पनीको ७७ लाख १६ हजार २७७ कित्ता सेयर २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँमा खरिदबिक्री भयो। सोमबार नेप्से परिसूचक २६.६६ अंकले ओरालो लागेको थियो। सो दिन ४ अर्ब ७३ करोड मूल्य बराबरको खरिद बिक्री भएको थियो।

दोहोरो अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। किसान लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ घट्यो भने १ को मात्रै बढ्यो। होटल्स एन्ड टुरिजम उपसमूहको सूचक १.२२ प्रतिशतले बढेको हो। यसदिन ३२ कम्पनीको सूचक बढ्दा १७६ को घट्यो। ९ कम्पनीको मूल्य भने स्थिर रह्यो।