घुस लिएको आरोप लागेका डीएसपी ठगबहादुर केसी बर्खास्त

92 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । घुस लिएको आरोप लागेका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् ।

केसीमामाथि सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेको थियो । इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले सोमबार बर्खास्त गरेको हो ।

डीएसपी केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको पत्र मन्त्रालयबाट प्राप्त भएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले बताउनुभयो ।

प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरीतको कार्य गरेको देखिएको भन्दै केसीलाई जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो ।