माओवादी पदाधिकारीको बैठक अपरान्ह फेरि बस्ने

90 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बेलुका ४ बजे पुनः बस्ने भएको छ ।

आज बुधबार बिहान ८ बजेबाट कोटोश्वरको पेरिस डाँडा स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक पुन स् ४ बजे बस्नेगरी सकिएको हो । बैठक कार्यबाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको हो ।

आगामी साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको प्रारम्भिक एजेण्डा तय गर्न बैठक बसेको पाटी नेता कृष्ण बहादुर महराले जानकारी दिनुभयो ।