श्रीलङ्काको स्थानीय क्लबसँग नेपाल पराजित

93 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । एसिया कपको तयारीमा रहेको नेपाल श्रीलङ्काको स्थानीय क्लबसँग पराजित भएको छ ।

आज भएको खेलमा नेपाल ब्लूमफिल्ड क्रिकेट एन्ड एथ्लेटिक क्लबसँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ९८ रनको लक्ष्य ब्लूमफिल्डले ४ विकेट गुमाएर २४ ओभर ३ बलमै भेटायो । ब्लूमफिल्डका हसिथा बोयागोडाले ९० र अशान फर्नान्डोले नटआउट ५६ रन बनाए । बलिङतर्फ नेपालका सूर्य तामाङ र प्रतिश जिसीले २–२ विकेट लिए ।

नेपालले एक महिनापछि श्रीलङ्का र पाकिस्तानमा एसिया कप खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल भदौ १३ गते मुल्तानमा हुनेछ । त्यसपछि भारतसँग हुने खेलका लागि नेपाल श्रीलङ्का जानेछ । नेपाल र भारतबीचको खेल भदौ १८ गते हुनेछ ।

समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर फोर’ मा पुग्नेछन् । ‘सुपर फोर’ पछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।