सुन तस्करी प्रकरणको छानबिन गर्न माग गर्दै रास्वपाले बुझायो सार्वजनिक महत्वको प्रस्ताव

426 पटक पढिएको

१० श्रावण २०८०, बुधबार १९:३९ सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुन तस्करी प्रकरणको छानबिन गर्न माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदहरूले आज बुधबार सार्वजनिक महत्वको प्रस्ताव बुझाएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय किलो सुन बरामद भएको थियो। मोटरसाइकलको ब्रेक शु र सेभिङ ब्लेडमा राखेर सुन ल्याएको भेटिएको थियो।

‘नेपालको अर्थतन्त्रमा नै विचलन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार परीक्षणको संचालन र त्यहाँको प्रणालीमा नै गम्भीर प्रश्न खडा गरेको छ,’ रास्वपाले भनेको छ।