संसद सरकारले नै रोकेको ओलीको आरोप

310 पटक पढिएको

१७ श्रावण २०८०, बुधबार १७:१९ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद सरकारले नै रोकेको आरोप लगाउनुभएको छ ।

आज तुल्सीलाल अमात्य स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफूहरूले सुनकाण्डबारे बोल्न पाउनुपर्ने माग गर्दा सरकारले बोल्न नदिनका लागि संसद रोकेको ओलीको भनाइ छ। यस्तै सुन तस्करी प्रकरणमा गृहमन्त्रीको मात्रै कुरा सुनेर आफूहरू नबस्ने पनि ओलीको भनाइ छ ।

सुन तस्करी प्रकरणमा सरकार आफैं संलग्न रहेकाले आफूहरूले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको ओलीले बताउनुभयो ।