दोलखामा पहिरोमा परि २ जनाको मृत्यु
177 पटक पढिएको
काठमाडौं । दोलखामा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या दुई जना पुगेको छ । गौरीशङ्कर गाउँपालिका–७ टोपाटारमा गएराति गएको पहिरोमा परि देविमाया मगर र तीन वर्षका बालक प्रिन्स थामीको मृत्यु भएको हो ।
बेपत्ता भएका अरु दुई जना हरिलाल श्रेष्ठ र कृष्णबहादुर मगरको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभएको छ । उहाँका अनुसार पहिरोमा परेर घाइते भएका तीन जनामध्ये गम्भीर अवस्थामा रहेका दुई जनाको काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । एक जनाको दोलखामा नै उपचार भइरहेको छ । पहिरोले पाँचवटा घर बगाएको छ ।