माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक आज सकिँदै

246 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समितिको बैठक आज सकिँदैछ । आइतबार दिउँसो १ बजेको लागि बोलाईएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ । चार दिनदेखि जारी माओवादी बैठकमा २ सय २१ नेताहरुले आफ्नो धारणा राखेका छन् । आइतबारको बैठकमा पार्टी अध्यक्ष दाहालले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने नेताहरूले बताएका छन् ।

नेकपा माओवादी केन्द्रमा पार्टी अध्यक्ष दाहालको उत्तराधिकारीको खोजी सुरु भएको छ । पार्टीको जारी केन्द्रिय कमिटिको बैठकमा बोल्ने केन्द्रिय सदस्यहरु मात्र नभएर पदाधिकारीले समेत नेतृत्वको बिकल्प खोज्ने बेला भएको बताईरहेको छन् । पार्टी सही विधि र पद्दतीमा नचलेको उनीहरुको ठम्याई छ ।