मुग्लिन-नारायणगढ सडक अवरुद्ध

242 पटक पढिएको

सम्पादक: Dhading News

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको जानकारी दिनुभयो ।

पहिरो पन्छाउने तयारी भइरहेको उहाँले बताउनुभयो । पहिरोका कारण सडक अवरुद्ध भएसँगै सवारीसाधन रोकिएका छन्। यो सडकखण्डमा पटक–पटक पहिरो खस्दै आएको छ।