प्रतिनिधिसभाको बैठक बस्दै, संसदको अवरोध हटाउन शीर्ष नेताहरूको बैठक आज पनि

173 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अवरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा हिजोको बैठक बस्दै नबसी आजसम्मका लागि स्थगित भएको हो । आजको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका शीर्ष नेताहरुका बीचमा दिनभर भएको छलफलमा सहमति हुन नसकेपछि प्रतिनिधिसभाको बैठक पनि सूचना टाँसेर स्थगित भएको हो ।
यस्तै, संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुने छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बैठक बोलाइएको छ । एमालेले सुन तस्करीको छानविनका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै संसदको अवरोध गर्दै आएको छ ।