३ सयले घट्यो आज सुनको मूल्य
402 पटक पढिएको
काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको छ।
यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ कायम रहेको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो। यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।







