संसद् अवरोध हुँदा जनताको आवाज राख्न पाइएन : विश्वप्रकाश शर्मा

253 पटक पढिएको

२३ श्रावण २०८०, मंगलवार १७:२२ सम्पादक: धादिङ न्यूज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन कति दिनको लागि खोलेको भन्दै प्रश्न प्रश्न गर्नुभएको छ। प्रतिनिधिसभाको आज जारी बैठकमा बोल्दै संसद् अवरोध हुँदा जनताको आवाज राख्न नपाइएकोमा गुनासो गुनासो गर्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो।

उहाँले सुन प्रकरण मात्रै नभएर फाइल पल्टाएर धेरै विषय हेर्न बाँकी रहेको सन्दर्भमा पटकपटक संसद अबरुद्ध गरिरहेको र आज सकसपुर्ण रुपले खोलीएको भन्दै उहाँले यस्तो प्रश्न गर्नुभयो।

उहाँले भन्नुभयो,‘गृहमन्त्रीले यहाँ उभिएर जवाफ दिनुपर्छ भनेर भन्ने कुराको लागि पनि संसदको प्रांगणमा उभिएर भन्नुपर्छ। भनियो संसद प्रतिपक्षको भनेर। प्रतिपक्षको आवाजलाई सुन्नुपर्छ कदर गर्नुपर्छ। प्रतिपक्षले उठाएको प्रश्नलाई राज्यले गम्भिरतापूर्वक लिनुपर्छ । तर, सत्तापक्षका सांसदले बोल्ने थलो चाहिँ रत्नपार्क हो ?’

शर्माले ‘नियमापत्ति’ र ‘आपत्ति’ भन्ने शब्दको व्याख्यालाई गहिरोसँग बुझिदिन आग्रह समेत गर्नुभयो । नियमापत्ति गरेर यो संसद् अब चल्दैन भनेर भन्दै गर्दा निश्चित धारामा टेकेर उभिनुपर्छ भन्ने शर्माले स्मरण गराउनु भयो।