राष्ट्रपति पौडेल र नेपालका लागि युरोपेली संघकी राजदूतबीच भेटवार्ता

80 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गर्नुभएको छ ।

आज मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गर्नुभएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

सो क्रममा राष्ट्रपति पौडेल र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।

साथै,राष्ट्रपति पौडेलले युरोपियन युनियनले नेपालको विकास साझेदारका रुपमा पुर्‍याएको योगदान वातावरणमैत्री, समावेशी र समातामूलक विकासका लागि गरेको सहयोगका लागि राजदूत डेप्रेजलाई धन्यवाद दिनुभयो ।