टेलिकमको १० लाख बराबरको रिचार्ज कार्ड हरायो

219 पटक पढिएको

२४ श्रावण २०८०, बुधबार २०:४७ सम्पादक: धादिङ न्यूज

काठमाडौं : नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ। बुधबार गोरखापत्रमा सूचना निकालेर टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो।

टेलिकमका अनुसार सि. नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको बताएको छ। ती कार्ड खरिद नगर्न समेत टेलिकमले अनुरोध गरेको छ।