सुन तस्करी प्रकरण : थप दुई जना चिनियाँ नागरिक पक्राउ

128 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । करिब एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

राजस्व अनुसन्धान विभाग तथा भन्सार विभागको निगरानीमा रहेका ती दुईजनालाई आज शुक्रबार बिहान पौने ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो । उनीहरू तस्करीको कालोसूचीमा थिए ।

योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।