नेकपा एसको केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश

283 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य एवम शिक्षक नेत्तृ कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर तुलाधर एमाले प्रवेश गरेकी हुन् ।

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ३ कल्लेरीमा जन्मिएकी तुलाधर अहिले ललितपुर निवासी हुन । नेकपा एसका उप महासचिव डाक्टर गंगालाल तुलाधरकी बहिनी कमला नेकपा एस स्थापनासँगै सो पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनेकी थिइन् ।

पार्टी प्रवेश कार्यक्रममा बाबुराम थापालगायत एमाले ललितपुरका नेताहरु पनि उपस्थित रहेका थिए । थिए । उनीसहित एमाले प्रवेश गर्ने नेकपा एसका केन्द्रीय सदस्यको संख्या ३१ पुगेको छ ।तुलाधर नेपाल शिक्षक महासंघकी अध्यक्ष हुन ।