प्रचण्डले आज मन्त्रीमण्डल पुनर्गठन गर्ने संभावना, माओवादीबाट हटाएर जनमतलाई भित्र्याउँदै

152 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीमण्डल पुनर्गठन गर्ने संभावना रहेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल पुनर्गठन गर्न लाग्नु भएको हो । माओवादी पार्टीकै भागबाट मन्त्री दिने गरी जनमत पार्टीलाई सरकारमा सामेल गर्न लागिएको बुझिएको छ ।

जनमत पार्टीले मन्त्री बनाउन अनिता देवी साहको नाम प्रधानमन्त्री दाहाललाई दिईसकेको छ । प्रधानमन्त्री दाहालले पर्यटनमन्त्री सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई भने विदा गर्नुहुने बुझिएको छ । दुई जनालाई विदा गरेर जनमत पार्टीलाई एउटा मन्त्रालय दिने र एउटामा माओवादीबाटै नयाँ मन्त्री बनाउने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । केही मन्त्रीहरुको मन्त्रालय समेत हेरफेर हुनसक्ने बुझिएको छ ।