किशोरीलाई बलात्कारको आरोपमा एक जना पक्राउ
86 पटक पढिएको
मोरङ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको लेटाङ नगरपालिका–५ बस्ने २३ वर्षीय युवराज महरालाई प्रहरीले पक्राउ गरेको छ ।
महराले ती किशोरीलाई साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।