सिम्रिकले तिर्यो ५५ लाख बक्यौता भुक्तानी, अब उडान प्रतिबन्ध फुकुवा
207 पटक पढिएको
काठमाडौं । सिम्रिक एयरलाई नागरिक उड्डयन प्राधिकरणले लगाएको उडान प्रतिबन्ध फुकुवा भएको छ ।
सिम्रिक एयरले ५५ लाख रुपैयाँ बक्यौता भुक्तानी गरेपछि उडान प्रतिबन्ध फुकुवा गरिएको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित काठमाडौंबाहिरका ३० गरी ३१ वटा विमानस्थललाई बुझाउनुपर्ने ल्यान्डिङ पार्किङ, एयर नेभेगिसनलगायत शुल्क पटक पटक ताकेता गर्दा पनि नबुझाएको भन्दै प्राधिकरणले बिहीबारदेखि उडानमा प्रतिबन्ध लगाएको थियो ।