८ सयले घट्यो सुनको भाउ

285 पटक पढिएको

३२ श्रावण २०८०, बिहीबार ११:५६ सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलाकाे १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।