भोलिदेखि संसदको अवरोध हट्ने प्रधानमन्त्रीको भनाइ

205 पटक पढिएको

सम्पादक: Dhading News

कबाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि आइतबारबाट संसदको अवरोध हट्ने बताउनुभएको छ ।

आज पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा भएको एक कार्यक्रममा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताउनुभएको हो ।

उहाँले संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आज पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले शनिबार साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आईतबार संसद सुसञ्चालन हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले संसद अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताउनुभयो ।