बागमती प्रदेशले बढायो गाडी भाडा

147 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशले गाडी भाडा समायोजन गरेको छ। यही भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको हो।पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै गाडिको भाडा पनि बढेको हो ।

काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १९ रुपैयाँ भाडा पुर्‍याइएको छ। यसअघि १८ रुपैयाँ भाडा कायम थियो। उपत्यकामा १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटरसम्म ३५ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ।

ट्याक्सी भाडा पनि बढेको छ। सुरू फ्याग डाउन ५२ रुपैयाँ कायम गरिएको छ। प्रति २०० मिटर १० रुपैयाँ ३४ पैसा कायम गरिएको बागमती प्रदेशको राजपत्रमा उल्लेख छ।

प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको पनि भाडा बढेको छ। धादिङबेसी काठमाण्डौं बस भाडा अब २६६ कायम भएको छ । काठमाडौं–नारायणगढको भाडा ४३३ रुपैयाँ पुर्याइएको छ। यसअघि ४२१ रुपैयाँ थियो।

काठमाडौं हेटौंडासम्मको भाडा ६५५ रुपैयाँ कायम भएको छ। काठमाडौं–पनौतीसम्मको भाडा ९२ रुपैयाँ पुर्याइएको छ। काठमाडौं–बाह्रबिसेसम्मको भाडा ३०३ रुपैयाँ कायम भएको छ।

काठमाडौं–बल्खु–हेटौंडासम्मको भाडा ६४२ रुपैयाँ कायम भएको छ। नारायणगढ–धादिङबेसीसम्मको भाडा ३०६ रुपैयाँ कायम भएको छ। काठमाडौं–जिरीसम्मको भाडा १ हजार ३८ रुपैयाँ कायम भएको छ।

नयाँ भाडा दर हेर्न यहाँ क्लिक गनुहोला