धरानमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न देउवाको अपिल
123 पटक पढिएको
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरानमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ ।
उहाँले अपिल जारी गर्दै धरानमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, धार्मिक संघसंस्था तथा समुदायका व्यक्ति एउटै ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।
उहाँले धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुग्न सक्ने विषयप्रति गम्भीर चिन्ता समेत व्यक्त गर्नुभएको छ ।
अपिलमा उहाँले सद्भाव भड्काउने गतिविधि कसैको हितमा नहुने उल्लेख गर्नुभएको छ ।