कांग्रेसले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार

397 पटक पढिएको

१० भाद्र २०८०, आईतवार ११:३९ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिमा सभापतिका लागी उम्मेदवारको टुंगो लगाएको छ ।

कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंगो लगाएको हो ।

कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरे पनि सो समूहबाट जीवन परियार मात्रै परेका छन् ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि आइतबार संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो ।