समानान्तर भेला नगर्न नेकपा एसको निर्देशन

268 पटक पढिएको

१० भाद्र २०८०, आईतवार १८:०१ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको भातृसंगठन युवा संघ, नेपालभित्रको विवाद समाधान गर्न निर्देशन दिएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकबाट समानान्तर भेला नगर्न र संगठनभित्रको विवाद समाधान गर्न निर्देशन दिइएको हो ।

युवा संघको इन्चार्जले पार्टीको निर्देशन संगठनको बैठकमा सुनाउने र लागु गर्ने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो। युवा संघको समस्या समाधानका लागि सचिवालयले अरू आवश्यक निणर्य गरेको उहाँले उल्लेख गर्नुभयो।

काठमाडौंका दुई फरक स्थानमा युवा संघका दुई गुटबाट भेला आयोजना गरिएको थियो । सो संगठनका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेलले फरक-फरक भेला आयोजना गरेपछि पार्टीले हस्तक्षेप गर्दै समाधानको पहल गरेको हो ।