अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन

151 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकटको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठ चयन भएका छन् ।

आज काठमाडौँमा सम्पन्न स्थायी कमिटीको तेस्रो पूर्ण बैठकले अध्यक्षमा लामा र महासचिवमा श्रेष्ठलाई चयन गरेको हो ।

यस्तै अनेरास्ववियूले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ । हालका महासचिव समेत रहेकी लामालाई अध्यक्षको जिम्मेवारी सुम्पिएर सुदेश पराजुली बिदा भएका छन् । उक्त कमिटीले २३ औं राष्ट्रिय अधिवेशन गराउनेछ ।